जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा सुदिन केसी

वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा सुदिन केसी

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंकको एघारौँ केन्द्रीय महाधिवेशनबाट सुदिन के.सी.को अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन भएको छ। पुस १९ र २० गते सौराहा, चितवनमा सम्पन्न महाधिवेशनले विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको हो।

महाधिवेशनबाट उपाध्यक्ष खुला तर्फ रजनिश फुलारा र उपाध्यक्ष महिला तर्फ लसता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष मधेशी तर्फ अमित भगत निर्वाचित भएका छन्। उनले अशोक कुमार यादवलाई पराजित गरेका हुन्।

महासचिव पदमा सन्जिव कुमार भडेल निर्विरोध निर्वाचित भएका छन्। उपमहासचिव खुला तर्फ मदन भण्डारीलाई हराउँदै अरमेन्द्र कुमार यादव निर्वाचित भएका छन् भने उपमहासचिव महिला तर्फ रश्मी श्रेष्ठ र उपमहासचिव आदिवासी जनजाति तर्फ सुरेश अवाल निर्वाचित भएका छन्।

सचिव पदमा अतिन्द्र राउत, गोविन्द प्रसाद बास्तोला र विश्वबन्धु भण्डारी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा प्रतिज्ञा भट्ट निर्वाचित भएकी छन् भने सह–कोषाध्यक्षमा राहुल कर्ण निर्वाचित भएका छन्।

युवा समितिको अध्यक्षमा ईश्वर बहादुर रोकाय, नविन भट्टराई र नितेश कुमार कर्णलाई पराजित गर्दै अंकित रावत विजयी भएका छन्।

त्यसैगरी केन्द्रीय सदस्यमा खुला तर्फ ७ जना, भुगोल तर्फ ७ जना, महिला तर्फ ४ जना, मधेशी तर्फ २ जना, आदिवासी जनजाति तर्फ १ जना, अपाङ्ग तर्फ १ जना र दलित तर्फ १ जना निर्वाचित भएका छन्।

960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका