जोडिनुहोस
आइतवार, माघ ५, २०८२
आइतवार, माघ ५, २०८२
  • होमपेज
  • चुनाव लड्न गुहेश्वरी फाइनान्सका सिइओले दिए राजीनामा

चुनाव लड्न गुहेश्वरी फाइनान्सका सिइओले दिए राजीनामा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् । फाइनान्सका सिइओ तोयराज अधिकारीले पदबाट राजीनामा दिएका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन उनले सिइओ पदबाट राजीनामा दिएको बताइएको छ ।उनी निकट स्रोतका अनुसार अधिकारीले कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारी गरेका छन् । सिइओ अधिकारीले पुष १७ गते राजीनामा बुझाएका थिए । तर, उनको राजीनामा शुक्रबार स्वीकृत भएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका