जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माउण्ट रसुवा हाइड्रोपावरमा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

माउण्ट रसुवा हाइड्रोपावरमा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

लक्ष्मी बैंक लिमिटेडले माउण्ट रसुवा हाइड्रोपावर प्रालिमा कर्जा लगानी गर्ने भएको छ । माउण्ट रसुवा हाइड्रोपावर लमजुङको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि बैंकले कर्जा लगानी गर्ने गरी बुधबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैयाँ २ अर्ब ९३ करोड ८२ लाख रहेको छ । माउण्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रालिलाई रसुवा कन्स्ट्रकशन प्रालि लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् । सोका अध्यक्ष राजेन्द्र राज आचार्य छन् । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको लगानी रहनेछ ।

उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावर प्रालिले झण्डै ८३.१७ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउनेछ ।

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका