जोडिनुहोस
मङ्लबार, माघ १४, २०८२
मङ्लबार, माघ १४, २०८२
  • होमपेज
  • बीमा क्षेत्रको पारदर्शी नियमन गर्न कर्मचारीहरुलाई नव–नियुक्त अध्यक्ष पौडेलको निर्देशन

बीमा क्षेत्रको पारदर्शी नियमन गर्न कर्मचारीहरुलाई नव–नियुक्त अध्यक्ष पौडेलको निर्देशन

नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दैै उनले समयले भ्याएसम्म बीमा प्राधिकरणका कर्मचारी र समग्र बीमा क्षेत्रको समस्या समाधान गर्ने बताएकी हुन् ।

बीमा प्राधिकरणमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘म यो संस्थासँग नजिक रहेर काम पनि गरीसकेको छु । अर्थमन्त्रालयसँग पनि म निकै नजिक रहेको थिए । मलाई सरकारले दिएको यो जिम्मेवारी पुरा गर्न आफ्नो पूर्ण अनुभव प्रयोग गरी काम गर्नेछु।’

अध्यक्ष पौडेलले नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केशीको पालामा सञ्चालक रहेर समेत कार्य गरेको अनुभव रहेको बताइन् । उनले बीमा प्राधिकरणका कर्मचारीहरुलाई पछि यसो गरिदिएको भएपछि हुन्थ्यो भन्दा पनि अहिले नै यसो गरीदिदाँ राम्रो हुन्छ भन्ने तरिकाले सुझाव र सल्लाह दिन आग्रह गरेकी छिन् ।

‘यो विषम् परिस्थितीमा म यो संस्थामा आएको छु । मैले अहिले नै ठूला–ठूला गफ लगाउनु छैन् । म एकदमै अध्ययनशिल मान्छे हु । मैले केही दिन यस क्षेत्रका पछिल्लो घटनाक्रमहरु बुझ्दै जानेछु ।’ उनले थपिन्, ‘तपाई हामी सबैले बाहिर आएका कुरा भन्दा पनि आफुलाई कानुन र नियमावलीले दिएको अधिकार प्रयोग गरी काम गर्नुहोला ।’

उनले भनिन्, ‘कर्मचारीहरुबीचको सम्बन्ध समधुर बनाएर अघि बढ्नु होला । बीमा क्षेत्रलाई थप पारदर्शीता, सहज र सरल बनाउनु बीमा प्राधिकरणको जिम्मेवारी रहेको छ । बीमा नियमावलीको पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्छ ।’ अध्यक्ष पौडेलले बीमा नियमनको लागि सम्पूर्ण कम्पनीहरुको अनुगमनलाई प्रभावकारी बनाउने कुरामा जोड दिएकी छिन् ।

उनले प्राधिकरणका कर्मचारीलाई संस्थागत सुधारको अभिन्न हिस्सा बनाउँदै अन्याय हुन नदिने र समस्यालाई समाधान गर्न लागिपर्ने बताएकी छिन् । सामान्य प्रशासनमा पनि कर्मचारीहरुका सरुवा, बढुवा लगायतका थुप्रै काम रहेका र उता पनि व्यस्त रहनुपर्ने भएपनि समय मिलाएर दिनको २ घण्टा प्राधिकरणमा आउने समेत प्रतिवद्धता जनाएकी छिन् ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?