जोडिनुहोस
बिहिबार, माघ १६, २०८२
बिहिबार, माघ १६, २०८२

हालको खबर

  • होमपेज
  • २० वाणिज्य बैंकको नाफा ११ प्रतिशतले बढ्योः सबैभन्दा बढि नबिल बैंक, दोस्रो ग्लोबल आईएमई बैंक

२० वाणिज्य बैंकको नाफा ११ प्रतिशतले बढ्योः सबैभन्दा बढि नबिल बैंक, दोस्रो ग्लोबल आईएमई बैंक

नेपालका २० वाणिज्य बैंकले ६ महिनामा ११ प्रतिशतले नाफा बढाएका छन् भन्दा फरक पर्दैन । सबैभन्दा बढि नाफा नबिल बैंक लिमिटेडले कमाएको छ भने दोस्रोमा ग्लोबल आईएमई बैंकले कमाएको देखिन्छ । वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढेको छ । बैंकहरूले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा यस्तो सुधार देखिएको हो । चालु आवको यो अवधिमा बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । गत आर्थिक वर्ष अर्थात् २०८१/८२ को यही अवधिमा बैंकहरूले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए । भन्दा फरक पर्दैन ।

अर्थतन्त्रमा देखिएको सुस्तता, बढ्दो खराब कर्जा र कर्जा प्रवाहमा आएको संकुचनका बाबजुद बैंकहरूले आफ्नो नाफामा दोहोरो अंकको वृद्धि कायम राख्न सफल भएका हुन् । विवरण अनुसार २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा बढेको छ । आठ बैंकको नाफा घट्दा एक बैंक भने नोक्सानमा रहेको देखिन्छ । यो अवधिमा नाफाको आधारमा नबिल बैंकले अग्र स्थानमा देखिएको छ । उक्त बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिल बैंकको यो नाफा गत वर्षको तुलनामा ४६.७१ प्रतिशत बढी हो । केही समय अघि मात्रै नयाँ नेतृत्व ल्याएको बैंकले त्यसपछिको पहिलो रिपोर्टमै उत्साहजनक प्रदर्शन गरेको हो । बैंकको ४१ औं साधारणसभाबाट बैंकको अध्यक्ष निर्वाण चौधरी नियुक्त भएका छन् भने पूर्व सीईओ अनिलकेशरी शाह सञ्चालकको रुपमा आएका छन् । भन्दा फरक पर्दैन ।

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आईएमईले यो अवधिमा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिमा कमाएको नाफाभन्दा ६.५० प्रतिशत बढी हो । मर्जरपछिको ठुलो संरचनालाई व्यवस्थापन गर्दै नाफामा स्थिरता कायम राख्नु यस बैंकको मुख्य उपलब्धि रहेको देखिन्छ । यस अवधिमा नाफामा सबैभन्दा धरै प्रतिशत सुधार कुमारी बैंकको रहेको देखिएको छ । गत वर्षको पुससम्म मात्र २७ करोड ५७ लाख रुपैयाँ नाफा गरेको यस बैंकले यसपालि ८८६.५० प्रतिशतको वृद्धि गर्दै २ अर्ब ७२ करोड रुपैयाँ नाफा पुर्‍याएको देखिन्छ । खराब कर्जाको वृद्धि रोकिएसँगै इम्पेरिमेन्ट चार्जबापत छुट्याउनुपर्ने रकम घट्दा नाफामा सुधार आएको देखिन्छ । योसँगै कुमारी सर्वाधिक नाफा गर्ने सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।

सरकारी स्वामित्वका बैंकहरूले पनि यो अवधिमा निकै राम्रो प्रदर्शन गरेका छन्। नेपाल बैंकले १८३.०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाएका छन् । ती बैंकहरूले पुराना खराब कर्जा उठाउन सफल हुनु र सञ्चालन खर्चमा गरेको कटौतीले नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ । भन्दा फरक पर्दैन । यीबाहेक सिद्धार्थ बैंकले नाफामा १५० प्रतिशत सुधार गरेर १ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । माछापुच्छ्रे बैंकले २५.२५ प्रतिशत, सानिमा बैंकले १६.६७, नेपाल एसबीआई बैंक १४.५६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ९.२७ प्रतिशत र एभरेस्ट बैंकले २.०४ प्रतिशत नाफा बढाएका छन् ।

२० वाणिज्य बैंकमध्ये ८ वटा बैंकको खुद नाफामा गिरावट आएको छ । सिटिजन्स बैंक इन्टरनेशनलको ४५.७८, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३.०५ र प्रभु बैंकको नाफामा २४.०८ ले संकुचन आएको छ । यी बैंकहरूमा यो अवधिमा बैंकले थप प्रोभिजनिङ गर्नुपर्दा नाफा घटेको देखिन्छ । त्यस्तै, कृषि विकास बैंकले २६.१२ प्रतिशत, एनएमबि बैंकले १७.१७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.२९ प्रतिशत, हिमालयन बैंकले १४.८९ प्रतिशत र एनआईसी एशिया बैंकले १३.५४ प्रतिशत गुमाएका छन् । यो अविधमा लक्ष्मी सनराइज बैंक भने नोक्सानमा छ । गत वर्ष यही अवधिमा १ अर्ब १६ करोड नाफामा रहेको बैंक चालु आवको छ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा गएको हो । इम्पेरिमेन्ट चार्मा ४ अर्ब ४७ करोड छुट्याउनुपर्दा बैंक नोक्सानको अवस्थामा पुगेको हो ।

यी विवरणहरुले बैंकहरु अझै पनि खराब कर्जा, कर्जाको मागमा कमी, ब्याजदर अन्तरले बढेको देखिन्छ । अर्थतन्त्रको शिथिलताका कारण ऋणीहरूले समयमा सावाँ–ब्याज तिर्न नसक्दा बैंकहरूको निष्क्रिय कर्जा बढेको छ। यसले गर्दा बैंकहरूले नाफाको ठुलो हिस्सा प्रोभिजनिङमा खर्च गर्नुपरेको छ। बजारमा तरलता पर्याप्त भए पनि नयाँ लगानीका क्षेत्रहरू नखुल्दा कर्जा प्रवाह सुस्त छ । राष्ट्र बैंकको कसिलो नीतिका कारण स्प्रेड दर घट्दै जाँदा बैंकहरूको आम्दानीको मुख्य स्रोतमा चाप परेको छ । सचेत भया ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका