जोडिनुहोस
बुधबार, माघ २९, २०८२
बुधबार, माघ २९, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ३२.३९ प्रतिशतले बढ्यो

रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ३२.३९ प्रतिशतले बढ्यो

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षकाे पुस मसान्तमा ३९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएकाे छ।
इन्स्योरेन्सले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनिकाे नाफा १२.९८ प्रतिशतले बढेको हाे । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषकाे आकार ३२.१६ प्रतिशतले बढेको छ। पहिलाे ६ महिनामा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ थियो।

यस्तै यस अवधिसम्म कम्पनीकाे कुल बीमाशुल्क आर्जन २९.८४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षकाे पुस मसान्तमा २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु अवधिमा ३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीले चालु वर्षको पुससम्म २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३२.३९ प्रतिशतले बढेको छ।

शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.२४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.१० रुपैयाँ थियो। पीई रेसियो २१.९१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८९ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड २८ लाख रुपैयाँ रहेको छ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका