जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • अन्नपूर्ण केबलकार सहित ८७ कम्पनीको ५९.६३ अर्बको आइपीओको आवेदन 

अन्नपूर्ण केबलकार सहित ८७ कम्पनीको ५९.६३ अर्बको आइपीओको आवेदन 

आइपीओ निष्कासन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिने कम्पनीको संख्या ८७ पुगेको छ। अंकित मूल्य १०० रुपैयाँ तथा प्रिमियम दरमा कम्पनीहरुले आइपीओ निष्कासन अनुमति माग गर्दै सेबोनमा आवेदन दिएका हुन्। कम्पनीहरुले फागुन पहिलो सातासम्म ५९ अर्ब ६३ करोड १९ लाख १७ हजार रुपैयाँ बराबरको ४१ करोड ६३ लाख १० हजार १३२ कित्ता सेयर निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएका छन्।

जलविद्युत क्षेत्रका सबैभन्दा धेरै ३२ वटा कम्पनी आइपीओ निष्कासनको पाइपलाइनमा छन्। त्यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रका २५ कम्पनी पाइपलायनमा छन्। होटल तथा पर्यटन क्षेत्रका १२ कम्पनी, अन्य क्षेत्रका ११, माइक्रो इन्स्योरेन्स ३ र इन्भेष्टमेन्टका ४ कम्पनीले आइपीओ बिक्रीका लागि अनुमति माग गर्दै सेबोमा आवेदन दिएका हुन।

आइपीओ बिक्रीको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएका कम्पनीहरु

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्