आर्थिक विशेष
सट्टेबाजी एप र वेबसाइट बन्द गर्न प्राधिकरणले सेवाप्रदायकहरुलाई गर्यो पत्राचार

सरकारले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइटहरु २४ घन्टाभित्र बन्द गर्ने निर्णय गरेसँगै सूचना तथा संचार मन्त्रालयले सट्टेबाजी एप र वेबसाइटहरु बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्रचार गरेको छ।
सरकारले हिजो सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गत १०० कार्यक्रममा यो विषय समावेश थियो। संचार मन्त्रालयबाट प्राधिकरणमा पत्र पुगेको २४ घन्टामा सबै एप र वबेसाइटहरु बन्द भइसक्नुपर्नेछ। नेपाल दुरसंचार प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले सबै मोबाइल प्रदायक र इन्टरनेट सेवा प्रदायकहरुलाई सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइटहरु बन्द गर्नको लागि निर्देशन दिइसकेको बताए।
उनले भने, ‘हामीलाई आइतबार दिउँसो १ बजे संचार मन्त्रालयबाट पत्र पाउनसाथ सबै सेवा प्रदायकहरुलाई तत्काल बन्द गरेर हामीलाई जानकारी दिनको लागि निर्देशन गरेका छौं।’
उनले सेवा प्रदायकहरुलाई तत्काल ती एप र वेबसाइट प्रयोग गरे रोक्न निर्देशन दिएको हालसम्म १६ वटा साइटहरु बन्द गर्न पहिचान भएको जानकारी दिए।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































