जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • तामाङ, शर्मा, महर्जन, चौलागाई र लामा सीआईबीको फन्दामा पर्दा बैंक र वित्तिय संस्थाहरुको २५ अर्ब भन्दा बढि कर्जा जोखिममाः राष्ट्र बैंक बेखबर

तामाङ, शर्मा, महर्जन, चौलागाई र लामा सीआईबीको फन्दामा पर्दा बैंक र वित्तिय संस्थाहरुको २५ अर्ब भन्दा बढि कर्जा जोखिममाः राष्ट्र बैंक बेखबर

नेपालका सहकारी संस्थाका ५ डन नेपाल प्रहरी (सीआईबी)को फन्दामा परेपछि २५ अर्ब भन्दा बढि कर्जा उच्च जोखिममा पुगेको भेटिएको छ । यो वित्तिय बजारको डरलाग्दो अवस्था हो भन्दा अब फरक पर्दैन । छिटो अर्बपति बन्ने सपना बोकेर रातारात बचतकर्ताहरुको बचत शेयर र घरजग्गामा हालेर ठगी गरेका ५ वटा नेपालकै ठूला सहकारीका मालिक आर्थिक संकटमा फस्दा नेपालका बैंक र वित्तिय संस्थाहरुका सीइओ सावहरुको निन्द्रहराम मात्रै भएको छैन । कर्जा नउठे बैंकको महंगो जागिर जाने चिन्ता समेत बढेर गएको देखिन्छ । शिव शिखर र तुलसी सहकारीका प्रमुख केदार शर्मा पक्राउ परेसंगै आधा दर्जन वाणिज्य बैंकहरुको ५ अर्ब भन्दा बढि कर्जा उच्च जोखिममा फसेको छ । अर्को सुमेरु समूहका प्रमुख भरत मर्हजन फरार हुँदा बैंक र वित्तिय संस्थाहरुको ३ अर्ब भन्दा बढि कर्जा अब जोखिममा पुगेको देखिन्छ । रविन्द्र चौलागाई देउराली सहकारीका मालिक हुन उनीले बचतकर्ताहरुको ७ अर्ब बढि रकम अपचलन गरेका छन् भने बैंक र वित्तिय संस्थाबाट करिब ३ अर्ब ५० लाख कर्जा लिएको भेटिएको छ । उनी माथी सीआईबीको नजर परेपछि बैंकहरुको कर्जा जोखिम बढेको देखिन्छ । अर्को पशुपति एवं कान्तिपुर सहकारीका मालिम सि.बी लामा माथी ८० करोड बढि बचतकर्ताह्रुको बचत हिनामिना गरेको उजुरी सहकारी व्यवस्थापन विभागमा परेको छ । भने बैंक र वित्तिय संस्थाहरुबाट ३ अर्ब ५० करोड भन्दा बढि कर्जा लिएको देखिन्छ । उनी पनि सीआईबीको पन्दामा पुगे भने बैंक र वित्तिय संस्थाहरुको कर्जा जोखिम बढेर जाने मात्रै छैन कर्जा प्रोभिजन हुने र खराब कर्जा उच्च हुने देखिन्छ ।

कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल गु्रपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई–खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पा¥थ्यो ।

अहिले नेपाली व्यवसायमा ‘लोभले लाभ, लाभले विलाप’का घटनाहरु बढ्न थालेका छन् । रातारात धन कमाएर धनाड्य हुने महत्वकांक्षा र व्यक्तिगत लहडले कतिपय व्यवसायीहरु आर्थिक संकटमा मात्रै फसेका छैनन्, जेलको बास गर्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ । भन्दा फरक पर्दैन । रातारात अर्बपति बन्ने सपना बोकेका इच्छाराज तामाङ होस् वा कृषि व्यवसाय गरेर नेपाली मेडिकल क्षेत्रमा राज गर्ने चाहना बोकेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसम्मका व्यवसायी अहिले ठूलो आर्थिक संकटमा फसेको भेटिएको छ । हेक्का होस् । कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल गु्रपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई–खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पा¥थ्यो । भन्दा फरक पर्दैन । तर, आज उनी जेलको चिसो कोठामा छन् । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा ठगेको आरोपमा अहिले उनको बास जेलमै छ । उनी मात्रै होइन, उनकी जीवन संगिनी सिर्जना शाक्य तामाङ पनि उनीसँगै जेलमा छिन् । सहकारीमा आफै साहु र आफै ऋणी बन्दा उनको बास जेलमा हुन पुग्यो । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँग वाणिज्य बैंकको करिब ५ अर्ब कर्जा जोखिममा फसेको देखिन्छ । गर्भनर साब हेक्का होस् ।

तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक गरेका उनीमाथी दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ । ४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ ।

तामाङको सबैभन्दा बढी कर्जा प्राइम कमर्सियल बैंकमा रहेको भटिएको छ । सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष, सनराइज बैंक लगायतमा पनि तामाङको कर्जा रहेको छ । अर्का व्यवसायी हुन केदार शर्मा । शर्माको कहानी पनि इच्छाराजको भन्दा फरक छैन । यद्यपि, सहकारीको उनको ठगी हालसम्मकै ठूलो हो । तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक गरेका उनीमाथी दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ । ४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयनबाट पौने १ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रेबाट ६८ करोड, प्रभुबाट ४० करोड, नबिलबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको सार्वजनिक भैसकेको छ । यी कर्जाहरु उच्च जोखिममा फसेका छन् ।

सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । सहकारीको ठूलो रकम हिनामिना गरेर मर्हजन स–परिवार लण्डन पलायन भइसकेका छन् । भरत महर्जनले विभिन्न बैंकबाट दुई अर्ब भन्दा बढि कर्जा लिएको भेटिएको छ ।

अहिले भटाभट सहकारीका मालिक एवं बैंकका ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । शर्माले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक–पटक कालोसूचीमा परिरहेको छ । शर्माले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा देखिएको छ । यसले के पुष्टी गर्दछ भने बैंकहरुको लगानी माथी प्रश्न मात्रै उठेको छैन कर्जा डुब्ने डर उच्च छ भन्दा फरक पर्दैन । अर्को चर्चित सुमेरु समूहको नाममा कम्पनीहरु खडा गरेर रातारात अर्बपति बन्ने व्यवसायीको लाइनमा थिए भरत महर्जन । उनलाई पनि घरजग्गाले नै डुबाएको देखिन्छ । सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । सहकारीको ठूलो रकम हिनामिना गरेर मर्हजन स–परिवार लण्डन पलायन भइसकेका छन् । भरत महर्जनले विभिन्न बैंकबाट दुई अर्ब भन्दा बढि कर्जा लिएको भेटिएको छ । उनको नाममा कुमारी बैंकले १ अर्ब बढी र प्रभु बैंकले २० करोड लगानी गरेको बुझिएको हो । यस्तै, अन्य बैंकमा पनि उनको स–सानो रकममा कर्जा रहेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

चौलागाईले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको आर्थिक बजार न्यूजडटकमलाई प्राप्त कागजपत्रबाटै देखिन्छ । बैंकहरुको सो रकम उच्च जोखिममा रहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ ।

सहकारीकै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका अर्का व्यवसायी हुन् रविन्द्र चौलागाईं । देउराली सहकारीका अध्यक्ष समेत रहेका उनले सहकारीका बचतकर्ताको ७ अर्ब बढी रकम हिनामिना गरेको भेटिएको छ । उनले आरआर ग्रुप अफ कम्पनी, देउराली प्रोपर्टी, श्री पूजा पोल्ट्री फार्म, मून भेन्चर इन्भेष्टमेन्ट, आरआर रिसर्च एन्ड डेभलपमेन्ट, पूजा मार्केटिङ, श्रीश्री ब्रदर्स मार्केटिङ, अन्नपूर्ण डिस्टीलरी र पूजा ट्रेडिङ एन्ड मार्केटिङ लगायतका कम्पनी खोलेर सहकारीको रकम ती कम्पनीमा लगाएको प्रहरीको अनुसन्धानबाटै खुलेको छ । अहिले उनीमाथि पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको भेटिएको छ । हेक्का होस् । चौलागाईंले ती कम्पनीहरु सञ्चालनका लागि बैंकहरुबाट चार अर्ब बढी कर्जा लिएको भेटिएको छ । चौलागाईले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको आर्थिक बजार न्यूजडटकमलाई प्राप्त कागजपत्रबाटै देखिन्छ । बैंकहरुको सो रकम उच्च जोखिममा रहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ । त्यसपछि झन् बैंकको ऋण जोखिममा पर्नेछ । किनकी उनले कमजोर धितो राखेर बैंकबाट ऋण लिएका भेटिएको छ । प्रभु बैंकले पटक–पटक सार्वजनिक सूचना निकालेर उनलाई ऋण तिर्न ताकेता पनि गरिरहेको देखिन्छ । तर कर्जा उठेको छैन ।

लामा बिरुद्ध सहकारी विभागमा ८० करोड ठगीको उजुरी परेपछि विभागले नेपाल प्रहरीको सीआईबीलाई पत्रचार गरेसंगै ज्येष्ठ १९ गते नै पक्राउ पुर्जी जारी गरेको भेटिएको छ । तर, लामा अहिलेसम्म पक्राउ भने परेका छैन । लामाले आधा दर्जन बैंकबाट कर्जा लिएको भेटिएको छ । एनआईसी एशिया बैंक १ अर्ब ४० करोड, प्राइम कर्मशियल बैंक ५० करोड, हिमालयन बैंक ५० करोड, मेगा बैंक लि. ४० करोड र लुम्बिनी विकास बैंकबाट २० करोड भन्दा बढि कर्जा लिएको भेटिएको छ ।

यस्तै अर्को पशुपति र कान्तिपुर सहकारीका प्रमुख सि.बी लामा पनि आर्थिक संकटमा फसेका छन् । उनी माथी सीआईबीले छानवीन शुरु गरिसकेको भेटिएको छ । लामा बिरुद्ध सहकारी विभागमा ८० करोड ठगीको उजुरी परेपछि विभागले नेपाल प्रहरीको सीआईबीलाई पत्रचार गरेसंगै ज्येष्ठ १९ गते नै पक्राउ पुर्जी जारी गरेको भेटिएको छ । तर, लामा अहिलेसम्म पक्राउ भने परेका छैन । लामाले आधा दर्जन बैंकबाट कर्जा लिएको भेटिएको छ । एनआईसी एशिया बैंक १ अर्ब ४० करोड, प्राइम कर्मशियल बैंक ५० करोड, हिमालयन बैंक ५० करोड, मेगा बैंक लि. ४० करोड र लुम्बिनी विकास बैंकबाट २० करोड भन्दा बढि कर्जा लिएको भेटिएको छ । यो बैकिङ्ग क्षेत्रको डरलाग्दो अवस्था हो भन्दा अन्यथा नहोला । उनी पक्राउ परे यी बैंक र वित्तिय संस्थाहरुको कर्जा जोखिममा जाने देखिन्छ भन्दा फरक पर्दैन । सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीबी लामासहित सञ्चालक समितिमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ । पशुपति बचत तथा ऋण सहकारी संस्था अध्यक्ष तथा सञ्चालकमाथि थप अनुसन्धानका लागि पत्राचार गरेको सहकारी विभागका रजिस्टार नमराज घिमिरेले पंक्तिकारलाई बताए । सचेत भया ।

4070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका