जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज बैंकले मर्जर प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा,

सनराइज बैंकले मर्जर प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा,

सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्जरको एजेण्डासहित साधारणसभा डाकेको छ। नियमित साधारणसभाबाटै बैंकले मर्जरको एजेण्डा पनि पारित गर्न लागेको हो।

बैंकले असार ३ गते साधारणसभा डाकेको छ। लक्ष्मी बैंकले भने विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गर्ने छ। उसको नियमित साधारणसभा भइसकेको छ।

सनराइजको यसपाली लाभांश प्रस्ताव छैन। उसले मर्जरको एजेण्डालाई नै प्राथमिकतामा राखेको छ। दुबै बैंक बराबरी हैसियतमा गाभिने छन्।

मर्जरका लागि दुबै बैंकको सञ्चालक समितिले गत सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्। सहमति अनुसार, सञ्चालक समितिमा तीन/तीन जना आउने छन्। बैंकको सीइओमा लक्ष्मी बैंकका अजय शाहले निरन्तरता पाउने छन् भने सनराइजका प्रमुख कार्यकारी सुमन शर्मा बिदा हुने छन्।

2925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका