
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ता लिडरहरूको क्षमता वृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । चितवनको नारायणगढमा वैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको हो । इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले तालिम उद्घाटन गर्दै व्यवसायीक जीवनमा सफल अभिकर्ताहरूलाई अझ प्रखर बनाउन यस किसिमका क्षमता अभिवृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
मनोरञ्जनले जीवनका लागि ऊर्जाका रूपमा काम गर्दछ, त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ज्ञान र मनोरञ्जनलाई सँगसँगै लादै आएको छ, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले थपे । कम्पनीमा आबद्ध एक सय पचास जना भन्दा बढी अभिकर्ता लिडरहरूको उपस्थिति रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाको बीमा विक्री कला र व्यवसायीक क्षमता अभिवृद्धि सेसन रहेको थियो । व्यवहार बिक्री कला सेसनले कार्यक्रमलाई थप ऊर्जा तथा हौसला प्रदान गरेको थियो ।
कार्यक्रमको अर्को आकर्षण प्रसिद्ध कलाकार त्रय चक्र दवाडी, सुबोध गौतम र सिता न्यौपाने ज्यूको प्रस्तुति रहेको थियो । कलाकार त्रयले अभिकर्ता लिडरहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई निरन्तर रूपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू उत्कृष्ट रूपमा गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































