जोडिनुहोस
शनिबार, असार ६, २०८३
शनिबार, असार ६, २०८३
  • होमपेज
  • गोविन्द प्रसाद नागिला राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

गोविन्द प्रसाद नागिला राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक गोविन्दप्रसाद नागिला कार्यकारी निर्देशकमा बढुवा भएका छन् । उनलाई जनशक्ति व्यवस्थापन विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ। हालै कार्यकारी निर्देशक नरेश शाक्यको अवकाश भएपछि कार्यकारी निर्देशक पद रिक्त भएको थियो ।

यसैगरी जनशक्ति व्यवस्थापन विभागमा कार्यरत गुरुप्रसाद पौडेल लाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ। गभर्नरको कार्यालयमा कार्यरत मुक्तिनाथ सापकोटा लाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पठाइएको छ। त्यस्तै, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका राजनविक्रम थापा लाई लघुवित्त संस्था सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

यो जिम्मेवारी पूर्व कार्यकारी निर्देशक नरेश शाक्यको अवकाशपछि खाली रहेको थियो। राष्ट्र बैंकभित्रको यस पुनःसमायोजनलाई प्रशासनिक कार्यदक्षता र विभागीय सन्तुलन मिलाउने कदमका रूपमा लिइएको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर