
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको नाम सिफारिस गरेको थियो । समितिले भट्टसँगै बोर्डका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेकोमा सरकारले भट्टलाई बोर्डको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































