जोडिनुहोस
बुधबार, असार १७, २०८३
बुधबार, असार १७, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रोन्ज) पुरस्कार प्राप्त गरेको छ।

बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त सम्मान प्रदान गरिएको आईक्यानले जनाएको छ।

काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले बैंकका तर्फबाट पुरस्कार ग्रहण गरेका थिए।

बैंकका अनुसार यो सम्मानले वित्तीय अनुशासन, पारदर्शिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी कार्यान्वयनप्रति बैंकको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। साथै सरोकारवालाप्रति उत्तरदायी संस्थाको रूपमा आफूलाई स्थापित गर्न बैंकले गरिरहेको निरन्तर प्रयासको पनि कदर भएको जनाएको छ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका