
सरकारले विद्यालयहरुको हिउँदे र वर्षे बिदा कटौती गरेको छ । यसअघि ४५ दिन दिइँदै आएको हिउँदे र वर्षे बिदा कटौती गरेर ३० दिनमा झारिएको हो ।
हाल सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिइरहेकाले विद्यालयहरुले दिने हिउँदे र वर्षे बिदा कटौती गरिएको बताइएको छ । तर, विद्यालयमा काम गर्ने समय भने २ सय २० दिन नै कायम राखिएको छ ।
यद्यपि कारणबस २ सय २० कार्यदिन नपुगे तोकिएको पाठ्यभार र पाठ्य घण्टा मिलान हुनेगरी मन्त्रालयले काम गर्न दिन समायोजन गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































