जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • प्रभु बैंक लिमिटेडको शाखा ढुंगेधारामा

प्रभु बैंक लिमिटेडको शाखा ढुंगेधारामा

प्रभु बैंकले सोमबारदेखि ढुंगेधारा शाखा कार्यालयको शुरुआत गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा ढुंगेधारा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेको हो ।

प्रभु बैंक लि.का सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेको थियो ।

प्रमुख अतिथिको तर्पmबाट मन्तव्य राख्नुहुँदै डेपुटी गभर्नर शिबराज श्रेष्ठज्यूले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले आप्mनै घर आँगन नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

10065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका