जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्यु आर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्यु आर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्धारा प्रर्वद्धित नेपाल पे क्यु.आर कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई एक  औपचारिक कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महा प्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको पनि उपस्थिति रहेको थियो । नेपाल पे को  क्यु.आर सेवा सुरु भए संगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट माछापुच्छैे. बैंकको एम स्मार्ट एप मार्फत भुक्तानी गर्न सक्नेछन् ।

2775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?