जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेशनल लाईफका २३७ जना अभिकर्ता सम्मानित

नेशनल लाईफका २३७ जना अभिकर्ता सम्मानित

नेशनल लाईफ इन्स्योरेन्सको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” काठमाण्डौंमा कम्पनीको ४७,४०० अभिकर्ताहरुमध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित भएका छन् ।

आईतवार सम्पन्न भएको कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीव न बीमा कोष रु.२७ अर्ब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको २ अर्ब रुपैयाँलाई पार गरेर हाल ३ अर्ब रुपैयाँ पुगेको बताइन  ।

गत वर्ष देखि विपन्न वर्गका वाल(वालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले “वाल(वालिका शिक्षा योजना छात्रवृत्ती कार्यक्रम” जम्मा १५ जना वाल(वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको जानकारी गराउदै आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्षले प्रतिवद्धता ब्यक्त गरेकी छिन ।  कार्यक्रममा कार्यकारी प्रमुख  भरत वस्नेतले आ.व.२०७५÷०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताउनु हुदै ब्यवसाय संचालनको विविध पक्ष वारे जानकारी गराए ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः ४ लाख रुपैयाँ, ३ लाख रुपैयाँ र २ लाख रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । साथै व्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः २ लाख ५० हजार रुपैयाँ ,.२ लाख रुपैयाँ र १ लाख रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।

7070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?