जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच प्रिपेडकार्ड जारी गर्ने सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच  प्रिपेडकार्ड जारी गर्ने सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा  प्रिपेड कार्ड जारी गर्नका निमित्त सम्झौता भएको छ ।

उक्त सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कृषि विकास बैंक लि. मार्फत राष्ट्रिय सहकारी बैंक लि.(एनसिविएल)संग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अपेक्षा गरेको छ ।

उक्त अवसरमा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि.लाई उल्लेखित  सेवा गर्ने मौका दिनु भएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिंदै यस सम्झौताले भविष्यमा वित्तीय साक्षरताबाट बन्चित भएको समूहलाई समेत बैकिङ्ग सेवामा आवद्ध गर्न ठूलो मद्दत पुग्दछ ।

सोहि अवसरमा राष्ट्रिय सहकारी बैंक लि. का प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले कृषि विकास बैंक लि.ले उल्लेखित सेवा प्रदान गर्न लागेकोमा कृषि विकास बैंक लि. परिवारलाई हार्दिक धन्यवाद दिनुका साथै भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रहेका वासिन्दाहरुको जीवन  सहज र सरल सहित बैकिङ्ग पहुंचमा वृद्धि हुने बताए ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का का.मु. उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम र दिर्घ बहादुर अर्याल , विभागीय प्रमुखहरु पप्पुबाबु श्रेष्ठ, बासु अधिकारी शाखा प्रमुख भोला नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधीहरुको  समेत सहभागीता रहेको थियो ।

साथै कार्यक्रमको संचालन कृषि विकास बैंक लि. डिजिटल बैंकिङ्ग विभागका का.मु.विभागीय प्रमुख बासु अधिकारीले गरेको थियो ।

16020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका