जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एन आई सी एशिया बैंक सार्क क्षेत्रको साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

एन आई सी एशिया बैंक सार्क क्षेत्रको साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंक मंसीर १४ गते शनिबार उक्त अवार्डबाट सम्मानित भएको हो ।

सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ ।

The Institute of Chartered Accounts of Nepal (ICAN) बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ । मंसीर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख वित्त अधिकृत श्री रुपेश लुइटेलज्यूले बैंकको तर्फबाट सो अवार्ड ग्रहण गर्नुभएको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल

भएको बैंक हुन सफल भएको छ । करिब १९ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

14405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका