जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा: वित्तीय क्षेत्रका कर्मचारीलाई साथ दिन ‘सिइओ क्लब’ को पत्र गभर्नरलाई

सामाजिक सुरक्षा: वित्तीय क्षेत्रका कर्मचारीलाई साथ दिन ‘सिइओ क्लब’ को पत्र गभर्नरलाई

कर्मचारी संगठनहरुले सामाजिक सुरक्षा योजनाको बिरोध गर्दै गभर्नर डा. चिरञ्जिबी नेपाललाई पत्रलेखेपछि बैंक तथा वित्तीय संस्थाहरुको ‘सिइओ क्लब’ ले पनि आफ्नो असहमति राखेको छ।

राष्ट्र बैंकले अघिल्लो साता सामाजिक सुरक्षा कोषमा दर्ता हुन निर्देशन जारी गरेको थियो।

सामाजिक सुरक्षा कोषमा दर्ता हुँदा खाइपाइ आएको सुविधा पनि कटौती हुने भन्दै कर्मचारीहरुले बिरोध गर्दै आएका थिए। कर्मचारीलाई साथ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारीहरुको छाता संगठनहरुले पनि गभर्नरलाई पत्र लेखेका छन्।

उनीहरुले दोहोरो कर, सरकारी र निजी क्षेत्रका कर्मचारीबीचको विभेद, अन्य सुविधाका बारेमा प्रश्न उठाएका छन्। यि माग पुरा नहुन्जेल नजाने भन्दै उनीहरुले नियामक राष्ट्र बैंकलाई पत्र लेखेका हुन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी संघ, बीमा कम्पनी संघका अध्यक्षहरुले पत्र लेखेर गभर्नरलाई बुझाएका हुन्।

7115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका