जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाल बंगलादेश बैंकद्धारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण

नेपाल बंगलादेश बैंकद्धारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण

नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, शनिबार पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्वीन हस्तान्तरण गरेको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको समुद्धघाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए ।

कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले विश्व सम्पदा सूचि पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए । विश्व सम्पदा सूचि पशुपतिनाथ क्षेत्रमा बैंंकले पहिले देखिनै गर्दे आएको यस प्रकारको लगानिको सामाजिक रुपमा उच्व मुल्याङकन रहेको बताए ।

साथै, यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको ए.टि.एम पनि उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीहरुलाई नयाँ खाताखोले रु एक सय बैकले बचत गरिदिने बताए साथै बंैकका सबै सेवाबाट भरपुर फाइदा लिन आग्रह गरे ।

11085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका