जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकको नयाँ निक्षेप योजना

प्रभु बैंकको नयाँ निक्षेप योजना

प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ्ग नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ्ग खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट रु. १००।– जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ्ग योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङ्ग अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटल लि. सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवशरहरु जस्तै IPOs, FPOs, Capital Market आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।

बैंकको यस प्रभु गुडलक सेभिङ्गमा सहभागी हुने विद्यार्थीहरुलाई आप्mनो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवशर समेत मिल्नेछ ।
बैंकले सञ्चालनमा ल्याएको यस निक्षेप योजना प्रभु गुडलक सेभिङ्गमा विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरु सहभागी हुनुभई प्रभु बैंक लि. को अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्दै देशको पूँजीबजारसँग सम्बन्धित अवसरको यथेष्ठ लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

12700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका