जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्राइम बैंकको डिपुटी सीइओमा अमृत चरण श्रेष्ठ

प्राइम बैंकको डिपुटी सीइओमा अमृत चरण श्रेष्ठ

केहि दिन अगाडी प्राइम कर्मशियल बैंक र प्राइम बैंक भन्दा बढि शाखा सञ्जाल भएको कैलाश विकास बैंकबीच मर्जर भएको थियो ।
प्राइभ बैंकले कर्मचरी मिलान गर्न अझ बाँकी रहेको भएपनि कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई दोस्रो स्थान डिपुटी प्रमुख कार्यकारी अधिकृत बनाउने सहमती भएको प्राइम बैंकका एक सञ्चालकले आर्थिक बजारन्यूज डटकमसंग टेलिफोनमा बताए ।

प्राइम बैंक र कैलास विकास बैंकबीच मर्जर पछि कैलास बैंकका कर्मचारीलाई पनि प्राइम बैंकसंग लैजाने नीति लिएको देखिन्छ । यस्तै कैलास विकास बैंकका डिपुटी सीइओ तारा मानन्धर प्राइम बैंकको डिजिएम भएर कैलास विकास बैंकमा काम गर्ने भएको ती सञ्चालकले दाबी गरे ।

अहिले पदको छिनोफानो नभएका कारण कैलाश कैंकका सीइओ श्रेष्ठ र डिपुटी सीइओ मानन्धर कैलास बैंकको तत्कालीन केन्द्रीय कार्यालयको भवनमा नै प्राइम बैंकको काम गरिरहेका भेटिएको छ ।

नविल बैैंकमा लामो समय काम गरेका अमृत चरण श्रेष्ठ एनसीसी बैंकका सीइओ बनेका थिए । त्यस लगत्तै उनी कैलाश बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर काम गरेका दक्ष र अनुभवी बैंकर मानिन्छन् ।

9845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका