अहिले विश्वनै कोरोना भाइरसबाट रोहिरहेको छ । लाखौले यो अदृश्य शक्तिका कारण ज्यान गुमाएका छन् भने लाखौ लाख यो रोगसंग युद्धरत छन् । नेपालमा पनि यो समाचार तयार पार्दा सम्म ४२ जनामा अदृश्य शक्ति कोरोना भाईरस देखापरेको समाचार आएका छन् । भनिन्छ पार्टी भोज दियो भने सबै आउछन् र हाईहाई गर्दछ । तर, घरमा चामल सकियो भोकै भइयो भने कुरा काट्न लागि पर्दछन् । हाम्रो नेपालमा ।
सबैलाई थाह छ नेपाल विगत १ महिना देखि लकडाउनमा छ । सबै नेपाल घर भित्रै पिडादायी जीवन विताएर रोग संग लडिरहेका छन् । तर, यहि समाजमा रहेर राज्यसंग सधैं फाइदा लिने र यहि देशमा गाउँबाट आउँदा चप्पल पड्कार आउने लोटा र धोती हातमा लिएर भारतबाट आउनेहरुका सन्तान आज किन चुपचाप छन् । यो दशका आफूलाई अर्बपति भनौदाहरु देश रुदा कहाँ लुकिबसेका छन् । किन बोल्दैनन् ।
व्यापार गर्न सजिलो बनाउन विभिन्न देशका लागि विदेश अस्थायी प्रतिनिधी भएर सेवा लिने र निलो प्लेटका गाडी चढ्ने आफूलाई फरक परिचय दिने विश्वकै अर्बपतिको सूचिमा रहेका विनोद चौधरी र उनको परिवारका सदस्य दर्जनौ संस्थका मालिक एवं रेमिटेन्सका टाईकुन चन्द्र प्रसाद ढकाल र देवी प्रकाश भट्टचन, नेपाल आमाकै काखमा बसेर अर्बप ितबनेका राजेन्द्र खेतान र मोतिलाल दुगड, विके श्रेष्ठ र नेपाली आमालाई केही दिन छोडेर विदेश गएर अर्बपति बनेका र नेपाल आउँदा कडा रुपमा डकार्ने उपेन्द्र महत्तो र जीवा लामिछाने कहाँ छन् ।
देश रुदा घरमा श्रीमती समातेर बस्ने अनि पैसा कमाउँदा राज्यसंग रातो पासपोर्ट माग्ने नपाए निलो पासपोर्ट नै लिएर देश विदेश पुग्ने र नेपाली हुँ भन्नेहरुले देश दुख्दा, आमा रुदा किन झ्यालबाट पनि हेरेका छैनन् । अब यो विषयको खोजी पक्कै गर्ने बेला भए जस्तो लागेर मैले यो शब्द उचारण गर्न खोजेको मात्र हुँ ।
यी राजेन्द्र खेतान, उपेन्द्र महत्तो, जीवा लामिछाने, देवी प्रसाद भट्टचन, विके श्रेष्ठ चन्द्र प्रसाद ढकाल, मोतीलाल दुगड र बिनोद चौधरीले किन राज्यलाई कोरोना बिरुद्ध मन खोलेर सहयोग गरेका छैनन् त ? एउटा बैंकमा काम गर्ने साना कर्मचारीले १ दिनको तलब दिएका उदाहरण हामीसंग छन् । तर, त्यही बैंकको साहु–मालिकले किन १ पैसाको घोषणा गर्दैनन् यो महामारीलाई ?
दर्जनौ उद्योग धन्दा चलाएका अर्बौको कारोबार गरेका दशहजारलाई रोजगारी दिएका यी ढकाल, भट्टचन, महत्तो, लामिछाने, चौधरी, खेतान, श्रेष्ठ र दुगड अहिले किन घरको ढोकामा चुकुल लगाएर रमिता हेरि रहेका छन् । यसको अहिले सर्वत्र चासो र चर्चा शुरु भएको छ ।
महात्मागान्धीले भनेका छन्ः– मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ तर, भोकलाई कहिल्यै पर्खन सक्दैन । आज राहत नपाएर लाखौ जनता रोहिरहेका छन् । तर, यही धर्तीमातामा बसेर रातारात अर्बपति बन्नेहरु चुपचाप छन् । फोन गर्दा पनि माग्ने डरले फोन पनि उठाउदैनन् । उल्टो राज्यसंग बैंकको ब्याज छुट देखि कामदारको तलब भत्ता माग्ने कागज बोकेर हिडिरहेको देखिन्छ । धिक्कार छ तिमीहरुलाई ?
नेपाली अर्बपतिज्यूहरु यो पढ्नुहोस् । भारतका खर्बपति रतन टाटाले कोरोनाको लकडाउन भारतमा शुरु भएपछि कोरोनाको राहत कोषमा २५ अर्ब दान दिए र भनीरहेकाछन् । म मेरो देश र जनता बचाउन आवश्यक परे म मेरो सम्पूर्ण सम्पत्ती सरकारलाई दिन तयार छु । सिक्नुहोस् नेपालका अर्बपतिज्यूहरु । यहि समाज र देशमा कमाएको केही प्रतिशत यहि भुमिमा लगाई पुन्य कमाउनुहोस् । अनि मात्रै स्वर्ग जाने बाटो खुल्नेछ । सचेत भया ।