जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ५५ अर्ब रुपैयाँ ऋण सहायता दिने विश्व बैंकले नेपाललाई

५५ अर्ब रुपैयाँ ऋण सहायता दिने विश्व बैंकले नेपाललाई

विश्व बैंकले रणनीतिक सडक सुधारका लागि करिब ५५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ।
बैंकको बोर्ड बैठकले नेपालको सडक पूर्वाधारको स्तरोन्नतिका लागि ४५ करोड मिलियन अमेरिकी डलर ऋण स्वीकृत गराउने निर्णय गरेको हो।
सहायता रकम रणनीति सडक निर्माणमा प्रयोग गरिने छ। अन्तरदेशीय व्यापारिक मार्ग निर्माण, व्यापार वृद्धि, थप रोजगारी सिर्जना, सुरक्षित सडक यातायात विकासका लागि खर्च हुने गरि स्वीकृत गरिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रकम नागढुंगा-नौबिसे-मुग्लिन सडक र कमला-ढल्केबर-पथलैया सडक विस्तारमा खर्च हुनेछ। दुवै सडक भारत तथा अन्य देशसँग सम्पर्क र व्यापारका लागि प्रयोग हुन्छ।
सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले विश्व बैकसँग सहुलियत ऋण लिएर सडकका दुई परियोजना अघि बढाउने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव बैंकको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको हो। दुइ महिनाभित्र महाशाखा र बैंकबीच सम्झौता हुनेछ। अर्थ मन्त्रालयले ब्याजदर निर्धारण गर्ने र कानुन मन्त्रालयले कानुनी पाटो हेर्नेछ।

12170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?