जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकले पहिलो त्रैमासमा कमायो ८५ करोड, ५ अर्व निक्षेप बढाउँदा १७ अर्व कर्जा बढ्यो

प्रभु बैंकले पहिलो त्रैमासमा कमायो ८५ करोड, ५ अर्व निक्षेप बढाउँदा १७ अर्व कर्जा बढ्यो

प्रभु बैंकले पहिलो त्रैमासमा ८५ करोड १४ लाख खुद नाफा कमाएको छ । बैंकको विहीबार चालु आवको पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको हो । कोरोना महामारीका विच प्रभु बेंकके आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकको गत आवको सोही अवधीको तुलनामा ३५.२५ प्रतिसतले नाफा बढाएको हो ।

बैंककले गत आवको सोही अवधीमा ६२ करोड ८४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । प्रभुले वितरण योग्य मुनाफा भने १७ करोड ५६ लाख मात्रै गर्न सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी २०.४१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ३९ लाख पुर्याएको छ । बैंकको सञ्चालन मुनाफा बढेर १ अर्ब २५ करोड १७ लाख पुगेको छ ।

प्रभु बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख रहेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ राख्न सफल भएको छ । पहिलो त्रैमासमा बैंकले ५ अर्व निक्षेप थपेको छ । प्रभुको निक्षप गत आवको अन्त्यमा भन्दा ५ अर्व बढाएर १ खर्ब ३३ अर्ब पुर्याएको छ । त्यसैगरी कर्जामा १७ अर्व बृद्धि गर्न सफल भएको छ । बैंकको कर्जा लगानी १ खर्ब १६ अर्ब पुर्याएको छ ।

2780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका