जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बीमा कम्पनीहरुलाई दुई सिफ्टमा सञ्चालन

बीमा कम्पनीहरुलाई दुई सिफ्टमा सञ्चालन

बीमा समितिले नेपाल सरकारको निर्णय बमोजिम सबै सार्वजनिक निकाय सरह बीमा कम्पनीहरुलाई पनि भोलि असार १ गतेदेखि दुई सिफ्टमा सञ्चालन गर्न लिखित निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन दिँदै भोलिबाट विहान ८ बजेदेखि साँझ ६ बजेसम्म दैनिक कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

बीमा समितिले नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विहान ८ बजेदेखि अपरान्ह १ बजेसम्म र अपरान्ह १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

बीमा समितिले जीवन बीमाको बीमा शुल्क भुक्तानी गर्ने म्याद थप गरी लकडाउन अवधी सकिएको १५ सम्म कायम गर्न निर्देशन दिएको छ ।

आइतबार बीमा कम्पनीहरुलाई तीन बुँदे निर्देशन जारी गर्दै बीमा समितिले २०७७ बैशाख १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार लकडाउन अवधीलाई सबै बीमा कम्पनीका कार्यालय प्रमुखहरुले सार्वजनिक विदा सबै कर्मचारीहरुलाई खाई पाई आएको तलव भत्ता पाउने गरी सार्वजनिक विदा जनाउन समेत निर्देशन जारी गरेको छ ।

9260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?