जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • सरकारको आग्रहलाई मान्दै असार पहिलो साता भित्रै कर बुझाउदै छौं

आर्थिक विशेष

सरकारको आग्रहलाई मान्दै असार पहिलो साता भित्रै कर बुझाउदै छौं

गौविन्द प्रसाद ढकाल, अध्यक्ष डेभलपमेन्ट बैंकर्स संघ, सीइओ गरिमा विकास बैंक लिमिटेड

सरकारको आग्रहलाई मान्दै असार पहिलो साता भित्रै कर बुझाउदै छौं

नेपाल विगत ९० दिन देखि कोरोना भाइरसका कारण लकडाउनमै छ । यो अवधीमा तिर्नुपर्ने राजश्व नउठेपछि सरकार गम्भीर संकटमा पुगेको मुलुकका अर्थमन्त्री डा.युवराज खतिवडाले बताई सकेका छन् । देशमा कोरोना भाइरसका कारण २२ जनाले ज्यान गुमाएका छन् । भने ८ हजार भन्दा बढि कोरोना भाइरससंग लडिरहेका छन् ।

अधिकाशं जनताको चुलो बल्न छोडेको छ । बैंक किस्ता तिन जनतालाई धौ धौ छ । कलकारखाना बन्द जस्तै छन् । व्यापार छैन । घरका अधिकाशं खाद्यान्न सकिएको अवस्था छ ।

तर, सरकारले जनतालाई केही राहत दिनु पर्ने बेलामा कर छिटो तिर्नुहोस् । हामीलाई तलब खुवाउन गाह्रो भयो भन्नु कति उचित होला । यसको उत्तर त जनताले सम्झिरहे भने आगामी चुनावमा कम्यूनिष्ट सरकारलाई दिनेनै छन् होला । आज जनता भन्दा राज्यलाई नै समस्या परेपछि नेपालका विकास बैंकहरले असार पहिले साता भित्रै सरकारलाई कर बुझाउने निर्णय नै गरेको खुलेको छ ।

कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितीलाई ध्यानमा राखेर सरकारलाई सघाउनका लागि यस अघि सरकारले तोकेको अवधिमा नै कर तिर्ने निर्णयमा डेभलपमेन्ट बैंकर्स संघ पुगेको देखिन्छ ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष एवं गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले पंक्तिकारसंग भनेः– सबै विकास बैंकहरुले असार ७ गते भित्रमा नै कर तिर्ने गरी अघि बढ्न आग्रह गर्ने निर्णय गरेका छौं । उनीले थपेः– सरकारले दिएको निर्देशनलाई सर्वोच्च अदालतको आदेशले असार ७ भित्रै कर तिर्नु पर्ने बाध्यात्मक अवस्था त छैन । तर सरकार समस्यामा परेका बेला हामीले सघाउनु पर्छ भनेर सबै बैंकहरुले असार ७ भित्रमा नै कर दाखिला गर्ने गर्ने निर्णय गरेका हौं नि ।

डेभलपमेन्ट बैंकर्स संघको शनिबार बसेको बैठकले तेस्रो त्रैमासिक अवधि अर्थात चैत मसान्तसम्ममा बैंकहरुले सरकारलाई बुझाउनु पर्ने कर तिर्न सम्पूर्ण विकास बैंकहरुलाई आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष ढकालले पंक्तिकारसंग बताए । बैठकमा अधिकांस बैंकहरु सरकारलाई सघाउन तयार भए पछि बैठकमा सहभागि नभएका विकास बैंकहरुलाई पनि सोही अनुसार असार ७ भित्रमा कर तिर्न आग्रह गर्ने निर्णय भएको अध्यक्ष ढकालको दाबी छ ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतबाट लकडाउन लागू गरेपछि बैंकहरुले कर बुझाएका थिएनन् ।

आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ र १५ गतेसम्म तोके पनि सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्दा हुने आदेश दिएको पनि छ तर, कर कार्यालयले भने अहिलेसम्म सर्बोच्चको आदेश अनुसार कर तिर्न सकिने सूचना आधिकारिक रुपमा सार्वजनिक गरेको भने छैन । अर्थमन्त्री डा. युवराज खतिवडाले नीजि क्षेत्रको महत्व बल्ल बुझेका छन् भन्दा फरक पर्दैन होला ।

अर्थमन्त्री भएयता नै नीजि क्षेत्रका अधिकार कटौती गर्ने, पैसा कमाएकालाई देखि नसहने किसिमको व्यबहार देखाउँदै आएका अर्थमन्त्री डा. खतिवडाले बैंकिङ क्षेत्र र नीजि क्षेत्रका उद्यमीले सरकारलाई अफ्ठयारो परेको बेला साथ दिने भन्दै धमाधम कर बुझाउन थालेपछि बल्ल नीजि क्षेत्रलाई साथ लिएर जाने बताएका भने छन् । उनले विगतमा सरकारी रवाफमा रहेर कसैको सुझाव समेत चाहिँदैन भन्ने किसिमको व्यबहार गर्दै आएका थिए ।

नीजि क्षेत्रका व्यबसायीहरुले सकेसम्म सरकारलाई सहयोग गर्ने भन्दै धमाधम कर बुझाउन थालेका छन् । वाणिज्य बैंक र विकास बैंकहरुले पनि असार ७ भित्रै कर बुझाउने भएका छन् । सुझाव बोकेर अर्थमन्त्रालय पुगेका नीजि क्षेत्रलाई भेट्न समेत नचाहाने अर्थभन्त्री डा. खतिवडाले पहिलोपटक संसदमा शुक्रबार नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए पनि व्यवहारमा देखाउन अझै बाँकी छ । सचेत भया

9015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै

छुटाउनु भयो कि?