तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् । बैकिङ कसुर मुद्यामा दाेषी ठहर भएका मधुसुदन सिलवाललाई बानेश्वर क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
सिलवाललाई २०७० सालमा परेको एक मुद्यामा उच्च अदालत पाटनले ३ वर्ष कैद र एक करोड जरिवाना सुनाएको थियो । तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंक पछि जनता बैंकमा गाभिएको थियो । जनता बैंक पनि हाल ग्लोबलमा गाभिएको छ ।