जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकले संचालनमा ल्यायो “साथी”

एनआईसी एशिया बैंकले संचालनमा ल्यायो “साथी”

एन आई सी एशिया बैंकको आफ्नो मुलनारा “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” को भावना अनुरुप प्रबिधिमा आएको विकासलाई आत्मसाथ गर्दै “साथी” नामक फेसबुक च्याटबट संचालनमा ल्याएको छ ।
बैंकले यही पुस १० गतेबाट संचालनमा ल्याएको “साथी” नामक उक्त च्याटबटबाट बैंकका ग्राहकहरुले आबश्यक सूचना तथा जानकारी पाउनुका साथै जिज्ञासाहरुको समाधान खोज्न सक्ने बैंकका नायम प्रमुख सूचना अधिकारी अर्जुन खनियाले जनाएका छन् ।

यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको जनाईएको छ ।
एनआईसी एशियाले मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको खनियाँको दावी छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको पुगेको छ ।

7700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्