जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो

हाल बिद्यामन कोरोना भाईरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असर संग संगै अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर मिति २०७७ भाद्र १ गते देखि लागु हुने गरी २ प्रतिशतसम्म घटाएको छ ।

यस बाट गत चैत्र महिना देखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी गराउनु भयो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

12175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्