जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अब बैंकले एक दिनमा ५० जना कर्मचारी मात्र परिचालन गर्न पाउने

अब बैंकले एक दिनमा ५० जना कर्मचारी मात्र परिचालन गर्न पाउने

बैंक तथा वित्तीय संस्थाहरुले काठमाडौं उपत्यकामा एक दिनमा ५० जना कर्मचारी मात्र परिचालन गर्न पाउने भएका छन्।

आइतबार अन्य दिनभन्दा राजधानीमा बढी नै भिडभाड देखिएपछि कर्मचारी संख्या तोकिएको हो। लघुवित्त, जलविद्युत र बीमा कम्पनीको सेयर भर्नका लागि आइतबार भिडभाड भएको थियो।

राष्ट्र बैंक, प्रहरी र बैंकर्स संघबीच भएको छलफलमा एक दिनमा एक बैंकले ५० जनाभन्दा बढी कर्मचारी परिचालन गर्न नपाउने सहमति बनेको हो।

हेड अफिसमा कम कर्मचारी परिचालन गर्दा बैंकहरुले राजधानीमा केही बढी शाखा कार्यालय खोल्न पाउँछन्। अहिले हेड अफिससहित बढीमा चार वटा कार्यालय खोल्न पाइन्छ। अर्थात हेड अफिस, भक्तपुर, ललितपुर र काठमाडौंमा एक/एक शाखा खोल्न पाइन्छ।

एउटा शाखा खोल्न मोटामोटी ४ देखि ६ जना कर्मचारी आवश्यक पर्छ। अहिले नगद झिक्ने र राख्ने मात्र सेवा दिइने भएकाले ३ जना भए पनि पुग्छ। यो सुरक्षा गार्डबाहेकको हिसाब हो।

हरेक दिन कुन कुन कर्मचारी काममा जाने हुन् त्यसको सूची बैकहरुले प्रहरी र राष्ट्र बैंकलाई पठाउनु पर्छ

9830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका