जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिकोत्सव सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिकोत्सव सम्पन्न

कम्पनीको ७३ औं वार्षिकोत्सव समारोह मिति २०७७ साल आश्विन ८ गते विहिवार कम्पनीको, प्रधान कार्यालय कमलादीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेलको आतिथ्यमा सम्पन्न भयो ।

कम्पनीको ७३ औं वार्षिकोत्सव समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेपालको पहिलो बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीको स्थापनाकाल देखि नै ग्राहकहरुको भरपर्दो र विश्वासिलो बीमा कम्पनीको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस कम्पनीलाई जेष्ठका साथै श्रेष्ठ बनाउने लक्ष्य तर्फ अग्रसर रहि आधुनिक बीमाका सुविधाहरु सुरक्षित र सरल रुपमा वीमित सम्म पु¥याउनको लागि नविनतम प्रविधिको प्रयोग गरी कम्पनीको शाखा संजाललाई बिस्तार गर्दे आएको र कम्पनीको यस अनवरत यात्रामा सम्पूर्ण बीमित, कर्मचारीहरु, लगानीकर्ता, बीमा समिति तथा अन्य नियामक निकाय, बैंक तथा वित्तिय संस्थाहरु, पूनर्बीमा कम्पनीहरु, सर्भेयरहरु, अभिकर्ताहरु, ब्रोकर तथा आम नागरिकहरुबाट आगामी दिनहरुमा अझ बढी सहयोग, विश्वास र प्रेरणा प्राप्त हुने कुरामा विश्वस्त रहि हालसम्म प्राप्त सहयोगका लागि सम्बन्धित सबैमा हार्दिक आभार प्रकट गर्नु भयो ।

कम्पनीले हाल प्रधान कार्यालय तथा देशका प्रमुख स्थानहरुमा रहेका ५० वटा शाखा कार्यालयहरु र इटहरी, कावासोती र एकान्तकुना सहित ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र समेत गरी जम्मा ५४ स्थानहरु बाट वीमा सेवा प्रदान गर्दै आएको र आ.व. ०७६÷०७७ मा कम्पनीले ११७.७८ करोड बीमा प्रिमियम संकलन गर्नुका साथै २३.६५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।

10025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका