जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गरे १५ प्रतिशतसम्म छुट

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गरे १५ प्रतिशतसम्म छुट

राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गर्ने भएको छ।

बैंकले दसैं एवं तिहार लगायतका पर्वलाई लक्षित गर्दै शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि पीओएस माध्यमबाट भुक्तानी सेवा शुरु गर्न थालेको विज्ञप्तिमा उल्लेख छ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ।

महामारीबाट जोगिन विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। बैंकको ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ इकाइ छ ।

9040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका