जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकले बोलायो १६ औं वार्षिक साधारण सभा, १३.६० प्रतिशत लाभांश पारित गर्ने

सानिमा बैंकले बोलायो १६ औं वार्षिक साधारण सभा, १३.६० प्रतिशत लाभांश पारित गर्ने
सानिमा बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा कात्तिक २८ गते बोलाएको छ। बैंकले आम्रपाली ब्यांकेट बालुवाटारमा बिहान ११ बजे सेयरधनीहरुलाईै बोलाएको छ।बैंकले विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको जनाएको छ।

बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार बराबरको बोनस सेयर र कर सहित ३.६० प्रतिशतले हुने ३१ करोड ६८ लाख ४९ हजार ७१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।  हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ। सभाले मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले साधारण सभा प्रयोजनाको लागि कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्
13635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका