जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कामना सेवा र जोड इनिस्येटिभबीच दृष्टिविहिनहरुलाई ट्रेनिङ्ग सम्झौता

कामना सेवा र जोड इनिस्येटिभबीच दृष्टिविहिनहरुलाई ट्रेनिङ्ग सम्झौता

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिनका लागि जोड इनिस्येटिभसँग सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वाभिमान बचत खाता समेत खोलिदिने बैंकले जनाएको छ ।

सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यससँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका