जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सानिमा र एनसेलबीच सम्झौंता, बैंकको एप प्रयोगकर्ताले नि:शुल्क सीम र तीन सय रुपैयाँको डाटा पाउने

सानिमा र एनसेलबीच सम्झौंता, बैंकको एप प्रयोगकर्ताले नि:शुल्क सीम र तीन सय रुपैयाँको डाटा पाउने

सानिमा बैंक र एनसेल आजियाटाबीच सानिमा बैंकको मोबाइल एप(सानिमा सजिलो ई–बैंकिङ्ग)प्रयोगकर्तालाई निशुल्क सीम र डाटा प्याकेज दिने सम्झौंता भएको छ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेलका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे।

बैंकको एपमा सेवा लिने ग्राहकले तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्वाइससहित सित्तैमा सीम पाउनेछन्। मोबाइल एप प्रयोग गर्न महिनामा थप २५० एमबी निशुल् डाटा समेत पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

6095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका