जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सनराइज बैंकको ५५ औं शाखारहित बैंकिङ्ग सेवा झापाको पृथ्वीनगरमा

सनराइज बैंकको ५५ औं शाखारहित बैंकिङ्ग सेवा झापाको पृथ्वीनगरमा

सनराइज बैंक लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर कुलेचोकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललाई नियुक्त गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा भद्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दशरथ प्रधान, सनराइज बैंक प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौला, भद्रपुर शाखाका शाखा प्रबन्धक भिषण निरौला र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सक्ने छन् । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ५५ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

4790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका