जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकले पनि ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा थाल्यो, बैंकिङ एप अपग्रेड

सानिमा बैंकले पनि ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा थाल्यो, बैंकिङ एप अपग्रेड

सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गरेको छ।

डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले आफ्नो मोबाइल बैंकिङ एप्स (सानिमा सजिलो इ–बैंकिङ) अपग्रेड गरेको छ।

बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याबलेट र ल्यापटप र कम्प्युटरबाट पनि चलाउन सकिने विज्ञप्तिमा उल्लेख छ।

नयाँ भर्सनका साथमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले इ–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, इ–भौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवाहरु सम्बन्धी सोधपुछ आदि सेवाहरुको लाभ उठाउन सक्ने जनाएको छ।

साथै खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि ग्राहकले प्रयोग गर्न सक्नेछन्।

त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले इ–क्यासबाट पठाएको रकम झिक्नर डिजिटल बैंकिङ सेवाहरु सम्बन्धी सोधपुछको सुविधा पाउन सक्नेछन्।

6225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका