जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धकलाई कामु महाप्रवन्धकको जिम्मेवारी

जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धकलाई कामु महाप्रवन्धकको जिम्मेवारी

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धकलाई कामु महाप्रवन्धकको जिम्मेवारी दिएको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा सहायक महाप्रवन्धक पदमा कार्यरत विनेश मास्केलाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्नको लागि कायम मुकायम महाप्रवन्धकको जिम्मेवारी तोकिएको हो।

कम्पनीले यस अगाडि कार्यरत महाप्रवन्धक एसके टमोटलाई विदाइ गरे पछि महाप्रवन्धक पद खाली थियो। कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत पदमा रामचन्द्र श्रेष्ठलाई नियुक्ती दिने गरि अगाडि बढेको छ। यसका लागि केहि समय लाग्ने भए पछि तत्कालका लागि मास्केलाई प्रमुखको रुपमा कार्य गर्ने गरि जिम्मेवारी तोकिएको हो

8215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?