जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मन्जुश्री फाईनान्सको क्युआर कोड भुक्तानी सेवा सुरु

मन्जुश्री फाईनान्सको क्युआर कोड भुक्तानी सेवा सुरु

मन्जुश्री फाईनान्स लिमिटेडले डिजिटल बैकिंङलाई प्रभाबकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । फाईनान्सले क्युआरकोड भुक्तानीको सेवा सुचारु गरेकोले आफनो गा्रहकहरुको सुबिधाकोे लागी स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी गा्रहकहरुले आफ्नो मोवाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेकनै एक लाख सम्मको भुक्तानी लिन सक्नेछन् ।

यसै सिलशिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वर स्थित “जय बाराही टे«डर्स” लाई प्रदान गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फाईनान्सले क्युआर कोड सुविधा सुचारु गरको हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

6080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्