जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराईलाई सुम्पिए जिम्मेवारी

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराईलाई सुम्पिए जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएको छ। प्रधानमन्त्री एवंम संसदीय दलका उपनेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको नेता सुवास नेम्वाङले जानकारी दिए।

‘आज बिहान प्रदेश १ को भेला थियो। त्यहाँ प्रमले मैले देव गुरुङलाई हटाएर विशाल भट्टराई नियुक्त गरे भनेर भन्नु भयो’ नेम्वाङले भने।

सरकारको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेपछि ओलीले संसदीय दलको प्रमुख सचेतकमा आफू निकट भट्टराईलाई नियुक्त गरेका हुन्।

4815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्