जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये पण्डित मात्रै नियुक्त गरेको छ । अब छिट्टै अर्का नियुक्ति हुनेछ ।

काे हुन डेपुटी गभर्नरमा किरण पण्डित ?

नवनियुक्त डेपुटी गभर्नर राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक हुन् । २०८६ सालमा राष्ट्र बैंकमा सेवा प्रवेश गरेको २० वर्षमै उनी डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डितले यसअघि राष्ट्र बैंकको प्रवक्ताको रूपमा समेत काम गरिसकेका छन् ।

पण्डित वित्तीय क्षेत्रको नियमनका लागि अब्बल मानिन्छन् । खासगरी स्वार्थ समूहको प्रभावलाई चिरेर ठूला निर्णय समेत गर्न पछि नपर्ने उम्मेदवारको रुपमा उनलाई हेरिन्छ । उनी नियमन विभागमा हुँदा ल्याएको चालु पुँजी कर्जासम्बन्धी निर्देशन व्यवसायीको उच्च बदाबबीच लागु भएको थियो ।

उनले यसअघि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण डिभिजनका साथै भुक्तानी प्रणाली विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् । कार्यकारी निर्देशक बन्नुअघि उनी लामो समय नियमन विभागकै निर्देशकको रुपमा समेत काम गरेका थिए ।

490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका