जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सामसङको ग्यालेक्सी ए१२ स्मार्टफोन बजारमा, मूल्य १९ हजार रुपैयाँबाट सुरु

सामसङको ग्यालेक्सी ए१२ स्मार्टफोन बजारमा, मूल्य १९ हजार रुपैयाँबाट सुरु

सामसङले ए सिरिज स्मार्टफोन अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा भित्र्याएको छ। ग्यालेक्सी ए१२ मा ६.५ एचडी+ इन्फिनिटी भी डिस्प्लेसहित पाँच हजार एमएएच ब्याट्री रहने कम्पनीले जनाएको छ।

सामसङले हालै मात्रै ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ स्मार्टफोन भित्र्याएको थियो। ए१२ स्मार्टफोनमा ट्रु ४८ मेगापिक्सेलको क्वाड क्यामेरा रहने बताइएको छ। क्यामेरामा रहेको प्राइमरी लेन्समा आइएसओसेल जीएम२ सेन्सर रहेकाले हरेक फोटोहरु स्पष्ट एवम् उत्कृष्ट गुणस्तरको हुने दाबी कम्पनीको छ।

त्यसैगरी, क्यामेरामा रहेको ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेराले लाइभ्ली ल्याण्डस्केप तस्वीर खिच्ने कम्पनीले जनाएको छ। ए१२ स्मार्टफोनमा २०:९ को एस्पेक्ट रेसियोका साथ रहने एचडी डिस्प्लेले विना कुनै रोकावट अनुभव बटुल्न सहयोग पुग्ने बताइएको छ। १५ वाटको फास्ट चार्जिङ पोर्ट भएकाले ब्याट्री चार्ज गर्ने समय कम पर्ने कम्पनीले जनाएको छ।

स्मार्टफोनमा एन्ड्रोइड १० वान यूआइ कोर २.५ तथा मिडियाटेक हेलियो पी३५ प्रोसेसरसहितको विशेषता रहेको छ। यो फोन कालो, नीलो तथा रातो गरी तीन रङमा उपलब्ध छ। ४ जीबी र्याम+ ६४ जीबी स्टोरेजको मूल्य १८ हजार ९९९ तथा ४ जीबी र्याम+१२८ जीबी स्टोरेजको मूल्य १९ हजार ९९९ रहेको सामसङले जनाएको छ।

6310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?