महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।
बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो ।
यसअघि उनी सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी सीईओ थिए । सिटिजन्सको स्थापनाकालदेखि नै आवद्ध देवकोटाले महालक्ष्मीको सीईओ हुने टुङ्गो लागेसँगै चैत १ बाट नै लागु हुनेगरि उक्त बैंक छाडेका थिए ।