जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ सेवा उपलब्ध

एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ सेवा उपलब्ध

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (एनआईसी एसिया मोबाईल बैंक)मा सहज डिजिटल कारोबारको अलवा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ को सुरुवात गरेको छ ।

आफ्ना लाखौं ग्राहक महानुभावहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले (एनआईसी एसिया मोबाईल बैंक) मार्फत यस नवीन कार्यको थालनी गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस ‘कस्टोमर केयर’ बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकको (एनआईसी एसिया मोबाईल बैंक)एप भित्र रहेको यस ‘कस्टोमर केयर’ आइकनमा ट्याप गरेपश्चात् च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधा रहेका छन् ।

10825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका