जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफले कमायो ९ करोडभन्दा बढी नाफा

आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफले कमायो ९ करोडभन्दा बढी नाफा

सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ७५ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिमा कम्पनीले रू. ८ करोड ३८ लाख ३८ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करिब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको हो भने रू. २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो । सर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीको हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ ।

जगेडा कोष रकम गत वर्षभन्दा ६५ प्रतिशत बढी रू. २० करोड ६३ लाख २१ हजार कायम भएको छ । जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर रू. १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १५२ दशमलव ४९ प्रतिशत बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।

यस वर्ष कम्पनीले रू. १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा यस वर्ष १५४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले ५७ गुणा बढी कुल दाबी भुक्तानी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५८ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो भने रू. १५ लाख मात्र कुल दाबी भुक्तानी गरेको थियो

8710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका