राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको तीन वर्षे कार्यकाल सकिएको छ । ठिक तीन वर्ष अगाडि जेठ ६ गतेको मन्त्रिपरिषदको बैठकले पाठकलाई प्रशासकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार आजदेखि कार्यकाल सकिदैछ । तर पाठकले नियुक्तिपत्र भने जेठ १० गते लिएका थिए ।
नियुक्तिपत्रका आधारमा भने जेठ १० गते मात्रै कार्यकाल सकिन्छ । राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६६/६७ देखिको लेखापरिक्षण प्रतिवेदन स्वीकृत हुन सकेको छैन । पाठकले सीइओ भएर १ कार्यकाल विताउदा पनि संस्थाको लेखा प्रतिवेदन स्वीकृती गर्न सकेनन् । जसले गर्दा उनको कार्यकार्य सफल नरहेको देखिन्छ ।