जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा आउँदै

५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा आउँदै

नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार तथा रंगमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आज सूचना जारी गरि रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो। चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको हुने छ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका